आम्दानी घटेसँगै नेशनल हाइड्रोपावर नोक्सानीमा

Aug 18, 2024 08:29 AM Merolagani



नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४.११ प्रतिशत घटेको हो।

आम्दानी घटेको र खर्च बढेपछि कम्पनी नोक्सानीमा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेको छ भने वित्तीय खर्च १४९.२८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा रहेको छ।

२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९५ लाख १३ हजार रुपैयाँ रहेको छ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।