विद्युत बिक्री आम्दानीसँगै घट्यो बुटवल पावरको नाफा

Aug 14, 2024 07:06 AM Merolagani



बुटवल पावर कम्पनी (BPCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त ६८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ७२ करोड ४४ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४२.१७ प्रतिशत घटेर १७ करोड ६४ लाख रुपैयाँमा सीमति भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ११.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २५.७३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ५४.७५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७७ पैसा घटेर ५ रुपैयाँ १७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको छ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।