सातामा ४ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Sep 21, 2024 06:19 AM Merolagani



यस साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। गत साता २६८८.५३ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१६ प्रतिशत अर्थात १११.७७ अंक घटेर २५७६.७६ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमा तीनै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स ३.४७ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५१ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम ६.८८ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत कारोबार संख्या ३.९४ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या ४.२७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ४ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ७४ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ७७ अर्ब घटेर ४० खर्ब ९७ अर्बमा झरेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक ११.४५ प्रतिशत घटेको छ। गत साता ३४१६.१६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३९१.२६ अंक घटेर ३०२४.९० विन्दुमा झरेको छ। त्यस्तै, यस साता बैंकिङ्ग उपसमूहको परिसूचक १.७६ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६४५.८२ अंक घटेको छ। गत साता १३ हजार १६९.९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२ हजार ५२४.१७ विन्दुमा झरेको छ।

कारोबारमा आएको रावा इनर्जीको शेयरमूल्य यस साता सर्वाधिक २४.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब साढे १८ प्रतिशत बढेको छ भने रिभरफल्स पावरको शेयरमूल्य ११ प्रतिशत बढेको छ। यस साता गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक २०.६३ प्रतिशत घटेको छ। त्यसैगरी, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य यस साता १८ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता इष्टर्न हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, प्रभु सेलेक्ट फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने शिखर इन्स्योरेन्स, विशाल बजार कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।