प्रतिरोध परीक्षण गरी फर्कियो हिमालयन रि इन्स्योरेन्स, हेरौँ कम्पनी विश्लेषण

Sep 21, 2024 06:06 PM Merolagani



यस साता अन्य उपसमूहको परिसूचक ५.१३ प्रतिशत घटेको छ। गत साता २०७२.५३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १०६.२३ अंक घटेर १९६६.३० विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL)।

यस साता सो कम्पनीको शेयरमूल्य ४४ रुपैयाँ घटेको छ। गत साता ८३४ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ७९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षण गरी फर्कियो

यस साता कम्पनीको शेयरमूल्यले ८२० देखि ८५० को प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। गत साता कम्पनीको शेयरमूल्य सो क्षेत्रमा बन्द भएको थियो भने यस साता सो क्षेत्र परीक्षण गरी फर्किएको हो। आगामी कारोबार दिन कम्पनीको शेयरमूल्य ओरालो लागेमा ६८५ देखि ७०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। त्यस्तै, साताका तीनै कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको थियो। जसले तीन दिनहरुमा पनि कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको २ लाख २५ हजार ५८१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ४ लाख २ हजार ४९९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ४३.९५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुबै रेखा बीचको दूरी फराकिलो भएको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ८२.७५ प्रतिशत बढेको छ भने कुल आम्दानी ६७.०९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत र कुल खर्च ५५.१२ प्रतिशत बढेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ८९ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ६४.०२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.३४ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १० करोड ४० लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ८२ अर्ब १६ करोड रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ६६५ रुपैयाँ २६ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार ६० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३०९ रुपैयाँ २० पैसा रहेको छ।

ब्रोकर १७ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर १७ ले कम्पनीको सबैभन्दा शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ३३ हजार २६१ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, यस साता ब्रोकर नम्बर ८१ ले कम्पनीको ३१ हजार ८६३ कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ३४ ले कम्पनीको ४० हजार ४२२ कित्ता शेयर बिक्री गरेको छ।

‘पर्ख र हेर’ को अवस्थामा

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य न्यूट्रल जोनमा रहेको छ। यसले लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।