मेरोलगानीको एक दिने प्राविधिक विश्लेषण तालिम सम्पन्न

Sep 23, 2024 09:13 AM Merolagani



मेरोलगानीले पुनः एक दिने प्राविधिक विश्लेषण तालिम कार्यक्रम सम्पन्न गरेको छ। असाेज ५ गते, शनिबारका दिन बाेगनभिल्ला, त्रिपुरेश्वर, काठमाडौँमा सो तालिम सम्पन्न भएको हो।

सो तालिममा ४० जनाले सहभागिता जनाएका थिए। नेपाली शेयर बजारमा लामो समयदेखि प्राविधिक विश्लेषणको अनुभव बटुलेका सन्तोष सिंह लिङ्देनले सहभागिहरुलाई तालिम दिएका थिए। सो तालिम बिहान ८ बजेदेखि २ बजेसम्म सञ्चालन भएको थियो।