गत साता करिब साढे ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Oct 06, 2024 06:30 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २४८६.७६ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.४५ प्रतिशत अर्थात ११०.७३ अंक बढेर २५९७.४९ विन्दुमा बन्द भएको छ।

गत साता चार कारोबार दिनका लागि खुलेको बजारमा दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। गत साताको सोमबार र मंगलबार नेप्से बढेको थियो।

 

टेवा क्षेत्रबाट उक्लियो

गत साता नेप्से परिसूचक टेवा क्षेत्रबाट उक्लिएको छ। हाल नेप्सेको टेवा क्षेत्र २४४० देखि २५३० सम्म रहेको छ। गत साता नेप्से सोही क्षेत्रबाट उकालो लागेको हो। आगामी दिनमा नेप्स उकालो लागेमा २९५० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले सो दिन बजारमा बिक्रीकर्ताहरु हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से बढेपनि गत साता भोल्यूम भने कमजोर रहेको छ। गत साता बजारमा दैनिक औषतमा ५ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ४८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २५.९३ प्रतिशत कम हो।

बुलिश क्रशओभर बन्ने सम्भावना

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यद्यपि, यी दुई रेखा बीचको दूरी निकै साँघुरिएको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लाग्ने सम्भावना देखिन्छ। यस्तो बजारमा बुलिश क्रशओभर बन्नेछ र जसले बजार बढ्ने संकेत गर्नेछ। नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्रमा भएपनि उचाई भने निकै घटिसकेको छ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से ओभरसोल्ड जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।