गत साता करिब ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Nov 17, 2024 06:11 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २६७५.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता २.७४ प्रतिशत अर्थात ७३.२७ अंक बढेर २७४८.७८ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। सो साताको मंगलबार र बुधबार नेप्से सामान्य अंक घटेको थियो।

 

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से परिसूचक प्रतिरोध क्षेत्रमा बन्द भएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७३० देखि २७८० को क्षेत्र रहेको छ। यस साता नेप्सेले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा २९५० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर सो क्षेत्रमा नै प्रतिरोधको सामना गरी फर्किएमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले छोटो पुच्छर र लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले पनि सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्से बढेसँगै गत साता भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४७.०४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता एमएसिडीमा पनि नेप्से बुलिश प्रवृत्तिमा देखिएको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुबै रेखा शून्य रेखाभन्दा माथि रहेका छन्। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा नै रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।