दशैँ अघिको अन्तिम साता साढे २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको नेप्से, यस साता के होला?

Oct 15, 2024 06:10 AM Merolagani



दशैँ अघिको अन्तिम साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको थियो। अघिल्लो साता २५९७.४९ विन्दुमा बन्द भएको नेप्से, गत साता २.७२ प्रतिशत अर्थात ७०.६८ अंक बढेर २६६८.१७ विन्दुमा बन्द भएको थियो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो। गत साताको मंगलबार नेप्से १ प्रतिशत घटेको थियो।

 

एकुमुलेशन स्टेजमा नेप्से

मेरोलगानी एआई चार्ट अनुसार नेप्से हाल एकुमुलेशन स्टेजमा रहेको छ। अर्थात विस्तारै शेयर खरिद गर्दै बस्ने अवस्थामा रहेको छ। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा २९५० देखि ३००० को विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। जसले आगामी दिनमा नेप्से परिसूचक उकालो लाग्ने संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब २४ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १३.४६ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

गत साताको नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

गत साता नेप्से परिसूचक ओभरसोल्ड जोनमा रहेको छ। यसले सो साता बजारमा शेयर खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

भारतीय प्रसिद्ध व्यापारी रतन टाटाको ८६ वर्षको उमेरमा निधन

Oct 10, 2024 06:36 AM

टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो।