नेप्से बढ्दा फाइनान्स कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण

Oct 06, 2024 03:08 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

यस दिन बजार बढ्दा फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशत बढेको छ। सबै फाइनान्स कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि उच्च दरमा बढ्न पुगेको हो। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। गत बुधबार ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६९ हजार ८६० पटकको कारोबारमा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

यस दिन न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३० रुपैयाँ ५० पैसा बढेर ३३५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन मध्य भोटेकाशी जलविद्युत कम्पनी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।