दशैँ अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

Oct 09, 2024 03:14 PM Merolagani



दशैँ अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब साढे २७ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक ४.८५ अंक बढेर २६६८.१७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स स्थिर रहेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९४ स्टकको ४० हजार १३१ पटकको कारोबारमा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। लगानीकर्ताहरु फेस्टिभ मुडमा भएका कारण यस दिन कारोबार रकम भने घटेको हो।

यस दिन मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०३ रुपैयाँ ७० पैसा बढेर १ हजार १४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन अप्पर साङ्गे हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा बैंकको करिब १९ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स्को साढे १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत बढेको छ। अरु ८ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। यस दिन विकास बैंक, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।