प्रि ओपन सेसन अपडेटः साढे ५ अंक बढ्यो नेप्से

Nov 12, 2024 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.४८ अंक बढेर २७६५.६९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६० स्टकको ११० पटकको कारोबारमा ४८ लाख ५६ हजार ९५८ रुपैयाँ ३० पैसाबराबरको ६ हजार १६६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।