अघिल्लो कारोबार दिन अर्थात बुधबार ९.०९ अंक बढेर २७११.७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१९ अंक घटेर २७११.५५ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४० स्टकको ८३ पटकको कारोबारमा ४६ लाख ४६ हजार १२१ रुपैयाँबराबरको ५ हजार २५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।