अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.१२ अंक घटेर २७३४.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.०७ अंक बढेर २७३८.९० विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१२ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५२ स्टकको १३६ पटकको कारोबारमा १ करोड ५५ लाख ८७ हजार ३९१ रुपैयाँ ८० पैसाबराबरको २२ हजार २७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।