अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.२४ अंक घटेर २७४८.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५९ अंक बढेर २७५४.५५ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२३ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ६० स्टकको ११० पटकको कारोबारमा १ करोड २३ लाख ३६ हजार ९४७ रुपैयाँ २० पैसाबराबरको ३४ हजार २०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।