अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १३.९५ अंक बढेर २७४८.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.६४ अंक बढेर २७५३.४३ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ९२ स्टकको २७६ पटकको कारोबारमा ५ करोड २७ लाख ३५ हजार ७४५ रुपैयाँ ६० पैसाबराबरको ६९ हजार ३४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।