हाइड्राेपावर कम्पनीहरूमध्ये सबैभन्दा उच्च मूल्य भएको कुथेली बुखरीको नाफा घट्यो

Nov 13, 2024 12:05 PM Merolagani



दोस्रो बजारमा हाइड्रोपावर समूहकै सर्वाधिक महँगो शेयरमूल्य भएकाे कुथेली बुखरी स्मल हाइड्रोपावर (KBSH) को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत प्रकाशित वित्तीय विवरणमा नाफा घटेको देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा ७.७ प्रतिशत अर्थात तीन लाख ९६ हजार रुपैयाँले घटेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत् बिक्री आम्दानी र अन्य आम्दानी घट्दा नाफामा दवाव परेको हो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत एक करोड ४ लाख २० हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५ लाख ९९ हजार रुपैयाँले घटेको हो । गत वर्ष कम्पनीको बिद्युत बिक्री आम्दानी एक करोड १० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन खर्च १६ लाख रुपैयाँ छ । त्यसैगरी, कम्पनीको बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च १० लाख ६८ लाख रुपैयाँ छ ।

सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात १३७.८२ गुणा छ ।

बुधबारको बजारमा यो समाचार बनाउदाको अवधिमा नकारात्मक सर्किट लेभलमा घटेर दुई हजार ७८९ रुपैयाँ ९० पैसामा कारोबार भईरहेको छ । यसैगरी, कम्पनीको शेयर हालसम्मकै उच्च मूल्य तीन हजार १४० रुपैयाँसम्ममा कारोबार भएकोे थियो ।




comments powered by Disqus