विद्युत प्राधिकरणले थप अधिक उर्जा खरिद गर्दा चिलिमेको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा कति?

Nov 15, 2024 10:46 AM Merolagani



चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३४ करोड २८ लाख रुपैयाँ थियो।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा यस अवधिमा थप अधिक उर्जा खरिद गरेकोले उत्पादनमा वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने १.४८ प्रतिशत मात्र बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३९.०५ प्रतिशत घटेका कारण खुद नाफामा दबाब परेको हो। असोज मसान्तसम्ममा कम्पनीले २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १.८१ प्रतिशत बढेको छ भने सञ्चलन मुनाफा १.३९ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८८ पैसा घटेर १० रुपैयाँ ५१ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसकेका कारण कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.९८ गुणा रहेको छ।

७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १८ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।