गत साता साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jan 05, 2025 06:10 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २६३०.७१ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६९ प्रतिशत अर्थात ४४.४८ अंक घटेर २५८६.२३ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेको थियो। सो साताको अन्तिम दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक झरेर टेवा क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको टेवा क्षेत्र २४४० देखि २५३० सम्म रहेको छ। नेप्सेले आगामी दिनमा सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २७३० देखि २७८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन नेप्सेले ड्रयागनफ्लाई डोजी मैनबत्ती बनाएको छ। यो एक रिभर्सल संकेत गर्ने मैनबत्ती हो। यसले घटिरहेको बेला बढ्ने र बढीरहेको बेला घट्ने संकेत गर्दछ। गत साता नेप्से घट्दो क्रममा रहेकोले यस मैनबत्तीले आगामी साता बढ्न सक्ने संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता भोल्यूम पनि कमजोर नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ८४ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ६४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १४.१८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यसका साथै यी दुबै रेखाहरु नकारात्मक क्षेत्रमा रहेका छन्। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।