चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको खराब कर्जा ४०.८८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा फाइनान्सको यस्तो कर्जा १९.९९ प्रतिशत थियो।
समीक्षा अवधिमा फाइनान्सको खुद नाफा २४ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र खराब कर्जा उल्लेख्य बढेका कारण फाइनान्सको खुद नाफा ऋणात्मक भएको हो। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ८८.२० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.२० प्रतिशत र कुल सञ्चालन आम्दानी ८३.३४ प्रतिशत घटेको छ।
खराब कर्जा उल्लेख्य बढेपछि फाइनान्सको इम्पेरमेन्ट चार्ज बढेर २२ करोड ८८ लाख रुपैयाँ पुगेको छ। जसका कारण फाइनान्सको सञ्चालन मुनाफा र खुद नाफा दुबै ऋणात्मक हुन पुगेको हो।
पुस मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ७१ रुपयाँ ९१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २१ रुपैयाँ ९४ पैसा रहेको छ।
६९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोष ५३ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा फाइनान्सले ४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।