नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबार कायम मूल्य हो । बिहीबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
