यस दिन नेप्से परिसूचक ३०.३६ अंक घटेर २८४६.३० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक घटेको छ।
यस दिन नेप्सेसँगै भोल्यूम पनि घटेको छ। सोमबार १४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको १ लाख २२ हजार ३३६ पटकको कारोबारमा १२ अबए ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँबराबरको २ करोड ६३ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयर निरन्तर १६ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन कम्पनीको शेयरमूल्य १२५ रुपैयाँ ६० पैसा बढेर १ हजार ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ९ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको ४७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।