आइतबार नेप्से परिसूचक ७५.२४ अंक बढेर २८९०.२८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १४.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख ३९ हजार ५९६ पटकको कारोबारमा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च हो। यस अघि गत भदौ ११ गते नेप्सेमा यस दिनको भन्दा बढी कारोबार भएको थियो। सो दिन बजारमा १८ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको थियो।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९७ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब ८६ करोडको शेयर खरिदबिक्री भएको छ भने सिन्धु विकास बैंकको ४० करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूच कभने १.२७ प्रतिशत घटेको छ।