गत साता सामान्य घटेको नेप्से, यस साता के होला?

Mar 30, 2025 06:20 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य घटेर बन्द भएको थियो। अघिल्लो साता २६६९.३१ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.२३ प्रतिशत अर्थात ६.०१ अंक घटेर २६६३.३० विन्दुमा झरेको छ।

सो साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमा

यस साता नेप्सेले २६३० देखि २६८० को प्रतिरोध परीक्षणमा रहेको छ। साताको अन्तिम कारोबार दिन नेप्से सो क्षेत्रमा बन्द भएको हो। आगामी दिनमा नेप्सेले सो क्षेत्रलाई तोडेर उकालो लागेमा २७५० देखि २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर सो क्षेत्रमा प्रतिरोध सामना गरी फर्किएमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा गत साता पनि नेप्सेले ड्रयागनफ्लाई डोजी मैनबत्ती बनाएको छ। यो मैनबत्तीले गत साता लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गरेपनि समग्रमा भने रिभर्सलको संकेत दिन्छ। अर्थात यस मैनबत्तीले आगामी दिनमा नेप्से बढ्न सक्ने संकेत सो मैनबत्तीले गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा खरिदकर्ताहरु बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३६.७३ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ र यी दुबै रेखाहरु बीचको दूरी फराकिलो रहेको छ। त्यस्तै, हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजारमा बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी केही घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ।

बिक्री चाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा झरेको छ। यसले सो साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।