करेक्सनपछि पुनः बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Apr 02, 2025 03:25 PM Merolagani



बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंकको करेक्सन भएर बन्द भएको नेप्से, यस दिन पुनः बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ८८४ पटकको कारोबारमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, विशाल बजार कम्पनीकाे शेयरमूल्य करिब १० प्रतिशत बढेकाे छ भने उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेकाे छ। यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ५५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ३५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।