२०८२ को पहिलो कारोबार दिन बढेर बन्द भयो नेप्से

Apr 15, 2025 03:25 PM Merolagani



वि.सं. २०८२ को पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत आइतबार साढे ८ अंक घटेर बन्द भएको नेप्से, यस दिन बढेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत आइतबार ६ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ६९ हजार ३६४ पटकको कारोबारमा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँबराबरको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६९ प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २४ रुपैयाँ ७४ पैसा घटेर २३० रुपैयाँ ४६ पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन बाराही हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको ३६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।