५२ हप्ताको उच्च विन्दु बनाउँदै बुटवल पावर कम्पनी, हेरौँ कम्पनी विश्लेषण

May 31, 2025 06:08 PM Merolagani



यस साता हाइड्रोपावर उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ। गत साता ३४५०.०६ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता २१ अंक बढेर ३४७१.०६ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, बुटवल पावर कम्पनी लिमिटेड (BPCL)।

यस साता कम्पनीको शेयरमूल्यले पछिल्लो ५२ हप्ताको नयाँ हाइ बनाएको छ। साताको अन्तिम कारोबार दिन इन्ट्रा डेमा कम्पनीको शेयरमूल्य ५७८ रुपैयाँसम्म पुगेको थियो। जुन पछिल्लो ५२ हप्ताको उच्च हो। साप्ताहिक रुपमा भने यस साता कम्पनीको शेयरमूल्य १०४ रुपैयाँ १२ पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५८ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको अन्तिम मूल्य, यस साताको अन्तिम कारोबार दिन ५६२ रुपैयाँ ४९ पैसा कायम भएको छ।

 

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो बुलिश मैनबत्ती बनाएको छ। यसका साथै यस साताका चारै कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको थियो। यसले यस साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

५२ हप्ताको नयाँ हाई बनाउँदै

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले पछिल्लो ५२ हप्ताको नयाँ हाई बनाएको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य बढेमा नयाँ अलटाइम हाइ बन्नेछ। तर, यदि आगामी साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा ४८० देखि ४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।


बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ४ लाख २ हजार ३०६ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ३ लाख २६ हजार ८६० कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम २३.०८ प्रतिशत बढी हो।

मूल्य बढ्ने संकेत

यस साताको मंगलबार कम्पनीको शेयरमूल्यले बुलिश क्रशओभर बनाएको छ। कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

कम्पनीको स्टकास्टिक आरएसआई यस साता न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ७.२० प्रतिशत र सञ्चालन मुनाफा १४.६५ प्रतिशत बढेको छ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ। यस साताको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ६८.३६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.७१ गुणा रहेको छ। कम्पनीको आरओई ३.९६ प्रतिशत रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ३ करोड ४० लाख ९० हजार ६५० कित्ता शेयर सूचीकृत छ। यस साताको अन्तिम मूल्यअनुसार कम्पनीको कुल बजार पूँजीकरण १९ अर्ब १७ करोड ९७ लाख ४० हजार ५९६ रुपैयाँ ५० पैसा रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५७८ रुपैयाँ रहेको छ भने न्यून मूल्य २८६ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४२१ रुपैयाँ ३८ पैसा रहेको छ।

ब्रोकर नम्बर ७७ बाट सर्वाधिक खरिद

यस साता कम्पनीको शेयर ब्रोकर नम्बर ७७ बाट सबैभन्दा बढी खरिद भएको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख ४१ हजार ४७२ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर १७ ले कम्पनीको १ लाख १६ हजारभन्दा बढी शेयर खरिद गरेको छ। सर्वाधिक बिक्री गर्नेमा भने यस साता ब्रोकर नम्बर ३४ रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ७६ हजार ९४ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीन जोनबाट एक्सट्रीम ग्रीड जोनतर्फ गइरहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य अझ बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




प्रभु इन्स्योरेन्सको बोनस घोषणा

Jun 23, 2025 10:23 AM

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।