दुई इन्स्योरेन्सको लाभांश र एक जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 04, 2025 06:28 AM Merolagani



जेठ २१ गते, बुधबार, दुई इन्स्योरेन्स कम्पनीको लाभांश र एक जलविद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले भोली अर्थात जेठ २२ गते बुकक्लोज गर्दैछ भने हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बरुण हाइड्रोपावरले भोली बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

एनएलजी इन्स्योरेन्स (NLG) ले जेठ २९ गते, बिहीबार, आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले असार ५ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताहरुबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भोली बुकक्लोज गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।