प्रि ओपन सेसन अपडेटः साढे ३ अंक बढ्यो नेप्से

Nov 25, 2025 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५०.४४ अंक बढेर २६५०.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६१ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६८ स्टकको २१३ पटकको कारोबारमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ८७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।