एनपीएलः आज दुई खेल हुँदै, यस्तो छ समय तालिका

Nov 29, 2025 07:53 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) को तेह्रौँ दिन आज दुई खेल हुँदैछ। आज पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ भने देस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयाल्सको सामना गर्नेछ।

आज अन्य दिनहरुमा भन्दा भिन्न समयमा खेल हुनेछ। यस अघि पहिलो खेला ११ः४५ बजे र दोस्रो खेल साँझ ४ बजे भइरहेकोमा आज पहिलो खेल ११ः१५ बजे र दोस्रो खेल साढे ३ बजे हुनेछ।

आज पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ। यी दुबै टोलीको समान २ अंक छ। पोखराले ३ खेलमा १ खेल जितेको हो भने लुम्बिनी लायन्स ४ खेलमा १ खेल मात्र जितेको हो। पहिलो दुई खेलमा पराजित भएको पोखराले गत बिहीबार जनकपुर बोल्ट्सलाई पराजित गरी पहिलो जित निकालेको थियो। यता, पहिलो खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेको लुम्बिनीले सो पछिका तीन खेलमा पराजित भएको थियो।

साँझ साढे ३ बजे हुने खेलमा अंकतालिकाको पुछारमा रहेको जनकपुर बोल्ट्सले तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको सामना गर्नेछ। यस सस्करणमा जनकपुरले हालसम्म कुनै खेल जितेको छैन भने सुदूरपश्चिमले कुनै खेल हारेको छैन।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।