एनपीएलः आज दुई खेल हुँदै

Dec 04, 2025 09:50 AM Merolagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ। आजको पहिलो खेल पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच हुनेछ भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयाल्सको सामना गर्नेछ।

६ खेलमा ८ अंक बटुलेर दोस्रो स्थानमा रहेको काठमाण्डु गोर्खाजले आफ्नो लिग चरणका अन्तिम खेल आज खेल्दैछ। ४ अंकसहित अंक तालिकाको छैठौँ स्थानमा रहेको पोखरा एभेन्जर्सले हालसम्म ५ खेल खेलेको छ। यी दुबै टोलीबीच टियू अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः४५ बजे खेल सुरु हुनेछ। दुई खेल खेल्न बाँकी पोखरालाई आज जित्नै पर्ने दबाब छ।

हालसम्म अपराजित यात्रा गरिरहेको सुदूरपश्चिम रोयाल्सको सामना आज चितवन राइनोजले साँझ ४ बजे गर्नेछ। ५ खेलमा पाँचैवटामा जित हासिल गर्दै १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम आज आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन खेल्दैछ। ५ खेल खेलेको चितवन राइनोज भने प्लेअफमा पुग्न संघर्षरत छ। आजको खेलमा चितवनलाई पनि जित्नै पर्ने दबाब छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।