एनपीएलः यी टोलीहरुबीच हुँदैछ खेल

Nov 28, 2025 08:34 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार दुई खेल हुँदैछ। यस दिन हुने पहिलो खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजको सामना गर्नेछ भने दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुँदैछ।

यस संस्करणमा हालसम्म सर्वाधिक रन बनाएका रवि बोपार रहेको चितवन राइनोज ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। तीन खेल खेलिसकेको चितवनले दुई खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो। त्यस्तै, ४ खेलमा ४ अंक बटुलेर तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजले हालसम्म दुई खेलमा जितेको छ भने दुई खेल हारेको छ। काठमान्डु गोर्खाजका कप्तान करण केही सर्वाधिक विकेट लिनेहरुको सूचीमा तेस्रो स्थानमा छन्। उनले हालसम्म ७ विकेट लिएका छन्। यी दुई टोलीबीच आज मध्यान्ह ११ः४५ मा खेल सुरु हुनेछ।

त्यस्तै, अंकतालिकाको सातौँ स्थानमा रहेको कर्णाली याक्सले भने आज साँझ ४ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना गर्नेछ। तीन खेल खेलेको कर्णालीको २ अंक छ भने ४ खेलमध्ये ३ खेलमा जित हासिल गरेको विराटनगर किंग्सको ६ अंक छ। ४ खेलमा ९ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका सन्दिप लामिछाने विराटनगरका कप्तान हुन् भने कर्णालीका मार्क वाट सर्वाधिक रन बनाएकाको सूचीमा दोस्रो स्थानमा छन्।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।