एनपीएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स बीच खेल हुने

Dec 05, 2025 09:42 AM Merolagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ। यी दुई बीचको खेल टीयू अन्तरराष्ट्रिय क्रिकेट मैदानमा साँझ ४ बजे सुरु हुनेछ।

अंकतालिकामा लुम्बिनी लायन्स चौथो स्थानमा छ। उसले ६ खेलमा ३ खेल जित्दै ६ अंक बटुलेको छ। जनकपुर बोल्ट्स भने तालिकामा सातौँ स्थानमा छ। ५ खेल खेलिसकेको जनकपुरको हालसम्म २ अंक मात्र छ। जनकपुरले हालसम्म एक खेल मात्र जितेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स आज प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नका लागि खेल्नेछ। आजको खेलमा जित हासिल गरेमा लुम्बिनीको ८ अंक हुनेछ र प्लेअफमा पुग्ने सम्भावना बलियो हुन्छ। आजको खेलमा पराजित भएमा अन्य टोलीको खेलका आधारमा लुम्बिनी प्लेअफमा पुग्ने नपुग्ने निर्णय हुनेछ।

पछिल्लो खेलमा जित हासिल गरेको जनकपुर भने आफ्नो दोस्रो जितको लागि खेल्नेछ। जनकपुरले अब बाँकी रहेको २ खेल नै जितेमा उसको ६ अंक हुनेछ र प्लेअफमा पुग्ने निर्णय रनरेटका आधारमा हुनेछ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।