एनपीएलः आज दुई खेल हुँदै

Dec 02, 2025 09:06 AM Merolagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ भने दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुँदैछ।

अंकतालिकामा जनकपुर बोल्ट्स सबैभन्दा अन्तिममा रहेको छ। ४ खेल खेलेको जनकपुरले यस संस्करणमा हालसम्म कुनै खेल जितेको छैन। आजको खेलमा पनि पराजित भएमा जनकपुरको प्लेअफबाट बाहिरिनेछ। ४ खेलबाट ४ अंक बटुलेको चितवन राइनोज अहिले अंकतालिकाको चौथो स्थानमा छ। आजको खेलमा चितवनले विराटनगरलाई पराजित गरेमा प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ। यी दुई बीचको खेल आज मध्यान्ह ११ः४५ बजे टीयू क्रिकेट रंगशालामा सुरु हुनेछ।

साँझ ४ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन्। यी दुबै टोलीको समान २ अंक छ। यद्यपि, कर्णालीले ५ खेल खेलिसकेको छ भने पोखरा आज आफ्नो पाँचौ खेल खेल्दैछ। यी दुबै टोलीलाई आज जित्नैपर्ने दबाब छ। पोखरा आजको खेलमा पराजित भएमा प्लेअफमा पुग्ने सम्भावना घट्नेछ। यता आज कर्णाली याक्स हारेमा प्लेअफबाट बाहिरिनेछ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।