अंकतालिकामा जनकपुर बोल्ट्स सबैभन्दा अन्तिममा रहेको छ। ४ खेल खेलेको जनकपुरले यस संस्करणमा हालसम्म कुनै खेल जितेको छैन। आजको खेलमा पनि पराजित भएमा जनकपुरको प्लेअफबाट बाहिरिनेछ। ४ खेलबाट ४ अंक बटुलेको चितवन राइनोज अहिले अंकतालिकाको चौथो स्थानमा छ। आजको खेलमा चितवनले विराटनगरलाई पराजित गरेमा प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ। यी दुई बीचको खेल आज मध्यान्ह ११ः४५ बजे टीयू क्रिकेट रंगशालामा सुरु हुनेछ।
साँझ ४ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन्। यी दुबै टोलीको समान २ अंक छ। यद्यपि, कर्णालीले ५ खेल खेलिसकेको छ भने पोखरा आज आफ्नो पाँचौ खेल खेल्दैछ। यी दुबै टोलीलाई आज जित्नैपर्ने दबाब छ। पोखरा आजको खेलमा पराजित भएमा प्लेअफमा पुग्ने सम्भावना घट्नेछ। यता आज कर्णाली याक्स हारेमा प्लेअफबाट बाहिरिनेछ।