एनपीएलः दोस्रो क्वालिफायरमा स्थान बनाउन खेल्दै काठमान्डू र लुम्बिनी

Dec 10, 2025 06:56 AM Merolagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको एलिमिनेटर खेल आज काठमान्डू गोर्खाज र लुम्बिनी लायन्सबीच हुँदैछ। यी दुई टोलीबीच आज साँझ ४ बजे त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ।

लिग चरणमा १० अंक बटुलेपनि काठमान्डू गोर्खाज नेट रनरेटका आधारमा तेस्रो भएको हो। यता लिग चरणको ७ खेलमध्ये ४ खेलमा जित हासिल गरेर ८ अंक जोड्दै लुम्बिनी लायन्स, चौथो स्थानमा रहन सफल भएको हो।

समूहचरणमा यी दुई टोली बीच भएको खेलमा काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको थियो। २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको काठमान्डूले लुम्बिनीलाई ५ बल बाँकी रहँदा अलआउट गर्दै १३५ रनमा रोकेको थियो।

आजको खेलमा विजेता टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्सको सामना गर्नेछ। उक्त खेलमा जित्ने टोलीले फाइनलमा सुदूरपश्चिमको सामना गर्नेछ। पहिलो क्वालिफायरमा जित हासिल गर्दै सुदूरपश्चिम रोयाल्स फाइनलमा पुगेसँगै पराजित टोली विराटनगर दोस्रो क्वालिफायरमा पुगेको हो।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।