मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Jan 21, 2026 09:00 AM Merolagani



मञ्जुश्री फाइनान्स (MFIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानी बढेसँगै फाइनान्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.०३ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.५४ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ७१ पैसा बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३९.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।