पाँचथर पावर कम्पनीको विद्युत बिक्री आम्दानी करिब २४ करोड, नाफा कति?

Jan 30, 2026 08:46 AM Merolagani



पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले करिब २४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ।

गत पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकर इक्यूपमेण्ट समेत क्षति भएका कारण गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीमार्फत कुनै आम्दानी गर्न सकेको थिएन। सोको मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेपख पुनः विद्युत उत्पादन सुचारु भइसकेको छ।

विद्युत बिक्री आम्दानी भएसँगै कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४ लाख रुपैयाँ नाफामा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको कुल नाफा २२ करोड ७६ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ८ करोड ३ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.४८ गुणा रहेको छ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७६ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।