नाफासँगै बढ्यो सुपर मादी हाइड्रोपावरको प्रतिशेयर आम्दानी

Jan 30, 2026 09:03 AM Merolagani



सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.०२ प्रतिशत घटेर ६७ करोड २८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८.७१ प्रतिशत बढेको छ। कम्पनीको अन्य सञ्चालन खर्च समीक्षा अवधिमा २६.१० प्रतिशत र वित्तीय खर्च १४.८३ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ६८ पैसा पुगेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.८४ गुणा रहेको छ।

२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।