थापाथलीमा आँसु र अनिश्चितताको बिदाइः बस्ती खाली गरिँदै

Apr 24, 2026 12:50 PM Merolagani



सरकारले शुक्रवार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरेसँगै थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न शुरु गरेका छन् । वर्षौंदेखि बसेको झुपडी, जोगाएर राखिएका साना–साना खुशीका पाटाहरू र नानीबाबुहरूको भविष्य—सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको परिदृश्य अत्यन्तै हृदयविदारक देखिएको छ ।

कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भनेर चिन्तामा छन् । उनीहरु भन्दैछन् की हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही ? मानिसहरू हतार–हतार आफ्ना जस्तापाता, काठका फल्याक र किचनका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन् । कतिपयले त आफ्नो घर आफैँले भत्काउन शुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचानलाई आफैँ मेट्न बाध्य छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।