मतपरिणामअनुसार, वस्तुगत महासंघतर्फ उम्मेदवारमा सुनयना घिमिरे ११ र विश्वनाथ खनाल ९ मत ल्याएर विजयी भएका छन्।
वस्तुगत संघतर्फको १३ जना सदस्यका लागि भएको निर्वाचनको परिणाम पनि सार्वजनिक भएको छ। जसमा २६ जनाको उम्मेदवारी दर्ता भएको थियो।अरनिको राजभण्डारीले ७० मतका साथ अग्रस्थानमा रहँदै विजयी भएका छन्। त्यस्तै, नानीराज घिमिरेले ५२ मत, पर्शुरामदेव पाण्डेले ६२ मत, विदुर धमलाले ६८ मत, भक्तबहादुर हमालले ५६ मत, रविन पुरीले ६६ मत ल्याएका छन्। राजकुमार कार्कीले ६३, लिलेन्द्र प्रधानले ६२, संघर्ष विष्टले ५१, सागर ढकालले ६८ र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी विजयी भएका छन्।
निर्वाचनको अन्तिम नतिजामा चारजना उम्मेदवारको समान मत आएपछि केही अन्योल सिर्जना भएको छ। उम्मेदवारहरू विकास खत्री, पुनम साह, प्रकाश अधिकारी र प्रदीप वस्तीले समान ५०–५० मत प्राप्त गरेका छन्।
चारैजनाको मत बराबर भएपछि उनीहरूको कार्यकाल कसरी निर्धारण गर्ने भन्ने विषयमा अहिले छलफल भएको थियो। निर्वाचन समितिका अनुसार, समान मत प्राप्त गर्ने यी चार सदस्यको हकमा गोलाप्रथाद्वारा कार्यकाल तय गरिनेबारे गृहकार्य भएको थियो। यस प्रक्रियाले कसले कति समयको कार्यकाल पाउने भन्ने टुंगो लगाउने बताइएको छ।