महासंघ निर्वाचनको एसोशियटतर्फ १७ सदस्य विजयी, कसले कति मत प्राप्त गरे?

May 06, 2026 08:30 AM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसियट समूहतर्फको सदस्य पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार सबैभन्दा बढी मत ल्याउने १७ उम्मेदवार विजयी भएका छन्।

१ हजार ३१८ मतका साथ सचिन ढकाल पहिलो स्थानमा रहँदै विजयी भएका छन् भने १ हजार २०२ मत पाएका हेमन्त गोल्छा दोस्रो र १ हजार १८३ मतसहित अम्बिकाप्रसाद पौडेल तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी, शक्तिकुमार वेगानीले १ हजार १४२, उज्जवलकुमार श्रेष्ठले १ हजार १४० ऋषि अग्रवालले १ हजार १२२, सुशील थापाले १ हजार ०९४, राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेलले १ हजार ६९, रामशरण भण्डारीले १ हजार ४३ र बाबुकाजी कार्कीले १ हजार ६ मत पाएका छन्। प्रियराज रेग्मीले ९५४, बाबु लामिछानेले ८६०, ढोलप्रसाद अधिकारीले ८५८, गोपाल खनालले ८०४, भरत रानाभाटले ७८८ र देशबन्धु बस्नेत (अजित) ल ७७८ मत पाएका छन्। सदस्यहरूको गणना सकिएलगत्तै अब एशोसियट उपाध्यक्ष तथा महिला सदस्यको मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।