निर्यात व्यवसायी महासंघद्वारा बजेटको स्वागत

Jun 02, 2026 04:16 PM Merolagani



निर्यात व्यवसायी महासंघ नेपालले संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश सकारात्मक प्रावधानहरूको स्वागत गरेको छ ।

महासंघले विगत लामो समयदेखि निर्यात व्यवसायीहरूले उठाउँदै आएका तथा औद्योगिक विकासका लागि अत्यावश्यक ठानिएका केही महत्वपूर्ण मागहरू आर्थिक विधेयक तथा बजेटमा सम्बोधन नहुँदा स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने देखिन्छ।

 

महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूसमक्ष बजेटमाथि संसदमा हुने दफावार छलफलका क्रममा ती मागहरू समावेश गरी आर्थिक विधेयक २०८३ मा आवश्यक संशोधन गर्न जोडदार माग गरेको छ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।