धितोपत्र बोर्डमा डा. भट्टको आगमनले शेयर बजारमा संरचनागत सुधार हुने अपेक्षा

Jun 30, 2026 06:00 AM Merolagani



नेपाल धितोपत्र बोर्डको नेतृत्व सम्हालेका डा.गोपाल प्रसाद भट्टले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन्। बोर्ड नेतृत्वमा भट्टको आगमनसँगै शेयर बजारमा नयाँ उत्साह र आशा गरिएको छ।

अध्यक्ष डा.भट्टले सम्पत्ती शुद्धीकरण निवारण तथा लक्षित वित्तीय प्रतिबन्ध  सम्बन्धी  अभिमुखीकरण तथा तालिम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेर पदभार ग्ररहण गरेका हुन। डा. भट्ट नेपालका वित्तीय क्षेत्र, बैंकिङ, पूँजी बजार तथा वित्तीय व्यवस्थापनका अनुभवी विज्ञ व्यक्ति हुन्। भट्टसँग मेरो लगानीले शेयर बजारको विषयमा एक वर्ष पहिले अन्तर्वार्ता गरेको थियो। सो अवधिमा पनि शेयर बजार अहिलेकै सोरोफेरोमा थियो।  बजार सोही विन्दुमा रहँदा नव नियुक्त अध्यक्षले अन्तर्वार्ता मार्फत व्यक्त गरेका धारणाहरू अहिलेको सन्दर्भमा झन् सान्दर्भिक देखिएका छन्। भट्टको बजार प्रतिको बुझाई र धारणालाई अझै प्रष्ट रुपमा बुझ्न सकिन्छ। पूँजी बजार तथा वित्तीय व्यवस्थापनका अनुभवी संरचनागत सुधारका पक्षहरू अब कार्यान्वयन हुने अपेक्षा लगानीकर्ताले गरेका छन्।

नयाँ स्टक एक्सचेन्ज कि नेप्सेको सुदृढीकरण

डा. भट्टले नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रियामाथि सुरुदेखि नै तर्कसंगत प्रश्न उठाउँदै आएका छन् । उनले भनेका थिए-“दुइटा स्टक एक्सचेन्ज हुनु भनेको आलु बेच्ने दुइटा पसल राख्नु जस्तै हो।” यसको तात्पर्य यो हो कि बजारमा एक्सचेन्जको संख्या थप्दैमा प्रतिस्पर्धा हुने होइन, बरु यसले सूचीकृत कम्पनीहरूको लागत बढाउन सक्छ र नियमनमा जटिलता ल्याउन सक्छ ।

उनको अडान छ कि नयाँ लाइसेन्स बाँड्नुभन्दा भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई नै आधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउनु पर्छ । नेप्सेको पुनसंचना र निजीकरण मार्फत यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने उनको तर्क छ । राज्यले आफ्नै लगानी भएको एक्सचेन्जलाई मार्नुभन्दा त्यसलाई युरोनेक्स्ट जस्ता अन्तर्राष्ट्रिय रणनीतिक साझेदारसँग जोडेर सञ्चालन गर्नुपर्ने उनको सोच देखिन्छ । जसले नेपाली बजारलाई विश्वव्यापी स्तरमा पुर्याउने संकेत गरेको बुझाईछ ।

राष्ट्र बैंकको छायाँबाट मुक्ति र स्वतन्त्र धितोपत्र बोर्ड

नेपालको शेयर बजार सधै नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा नै निर्भर हुनु गरेको पाइन्छ । डा. भट्टकाे धितोपत्र बजार राष्ट्र बैंकको डोमिनेन्सबाट मुक्त हुनुपर्छ बुझाई छ । हाल बैंकहरूले गर्ने मार्जिन लेन्डिङका कारण मौद्रिक नीतिमा हुने सामान्य हेरफेरले पनि बजारमा असर पार्ने गरेको उनको बुझाई छ। मार्जिन ट्रेडिङ ब्रोकरहरूले नै मार्जिन उपलब्ध गराउने मार्केट मेकानिजम सुरु हुन्छ । नेपाल राष्ट्र बैंकले लिने नीतिबाट प्रभावित नहुने उनको बुझाई छ ।

धितोपत्र बोर्डले आफ्नो स्वतन्त्र नीति बनाउने र ब्रोकरलाई वित्तीय रूपमा सक्षम बनाउने उनको यो कार्य योजनाले बजारमा स्थायित्व ल्याउनेछ, जसले गर्दा लगानीकर्ताले नीतिगत अनिश्चितताका कारण डराउनु नपर्ने उनको धारणा छ। गत फागुन १ गतेदेखि मार्जिन ल्याडिङ ब्रोकर मार्फत हुने व्यवस्था गरिएको भएता पनि लगानीकर्ताले हालसम्म यो सुविधा सहज रुपमा प्राप्त गर्न सकेका छैनन् । अध्यक्ष भट्टले यस व्यवस्थालाई कार्यान्वयनमा ल्याउने विश्वास गरिएको छ।

उपकरण विविधीकरण

नेपाली लगानीकर्ताको एउटा ठूलो समस्या भनेको लगानीका विकल्पहरूको अभाव हो । हाल बजारमा इक्विटी अर्थात साधारण शेयरको मात्र कारोबार भइरहेको छ। जसले गर्दा बजार उच्च जोखिमपूर्ण बनेको छ । डा. भट्टले यसलाई संरचनागत कमजोरी मान्दै ऋणपत्र र डेरिभेटिभ्सको बजार विकासमा जोड दिएका छन् ।

उनले प्राइमरी डिलरसिप सिस्टम र कर्पोरेट बन्ड मार्केटको वकालत गरेका थिए । सरकारी ऋणपत्र र कर्पोरेट बन्डहरूको दोस्रो बजार सक्रिय भएमा लगानीकर्ताले सुरक्षित प्रतिफलका लागि विकल्प पाउनेछन् । यसले गर्दा शेयर बजार मात्र घट्दा पनि लगानीकर्ताको पूरै सम्पत्ति जोखिममा पर्ने छैन । विविधीकरणले बजारमा गहिराइ थप्नेछ र संस्थागत लगानीकर्तालाई आकर्षित गर्नेछ ।

लगानीकर्ता शिक्षा र भेँडा प्रवृत्तिको अन्त्य

डा. भट्टले लगानीकर्ताको व्यवहारलाई भेँडाको व्यवहारसँग तुलना गर्दै हल्लाको पछि लाग्ने प्रवृत्तिको आलोचना गरेका थिए। धेरैजसो लगानीकर्ताहरू कम्पनीको वित्तीय अवस्था र ब्यालेन्स सिट नहेरी बजारको लहरमा कुद्ने गरेका छन्, जसले गर्दा जोखिम बढेको उनको बुझाइ छ ।

अब धितोपत्र बोर्डको अध्यक्षका रूपमा उनको प्राथमिकता लगानीकर्ताको सुरक्षा र शिक्षा हुनेछ । जब लगानीकर्ताहरू कम्पनीको ईपीएस, पीई रेसियो र भविष्यको योजना बुझेर लगानी गर्न सक्षम हुन्छन्। तब बजारमा हुने सट्टेबाजी र अस्वभाविक उतारचढाव कम हुनेछ । “हल्लाको भरमा लगानी गर्ने दिन सकिए भन्ने उनको सन्देशले लगानीकर्तालाई अनुशासित र व्यावसायिक बनाउन मद्दत गर्नेछ, जसले अन्ततः उनीहरूको पूँजीको रक्षा गर्नेछ ।

खुला बजार नीति र वैदेशिक लगानीको ढोका

अर्थतन्त्रको समाजवाद उन्मुख मोडेलले वैदेशिक लगानीलाई निरुत्साहित गरेको डा. भट्टको तर्क निकै साहसिक र यथार्थपरक छ । उनले पुँजी बजारमा फ्रि इन्ट्री र फ्रि एक्जिटको वातावरण हुनुपर्नेमा जोड दिएका छन्। विदेशी संस्थागत लगानीकर्ताहरू तब मात्र नेपाल आउँछन् जब उनीहरूले आफ्नो लगानी र प्रतिफल सहजै फिर्ता लैजान पाउने सुनिश्चितता हुने भट्टको बुझाई छ । हाल सरकारको सोच र अध्यक्ष भट्टको सोचले मेलखाएको देखिन्छ । जसले गर्दा धितोपत्र बजार सुधारका काममा द्रुत गति पाउने अपेक्षा लगानीकर्ताहरुले गरेका छन्। उनको यो खुला बजार नीतिको समर्थनले नेपालको शेयर बजारमा विदेशी पूँजी र प्रविधि भित्रिने बाटो खोल्न सक्छ । यसले बजारको लिक्विडिटी मात्र बढाउँदैन। नेपाली बजारलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा ल्याउन समेत बाध्य बनाउँछ ।

नव नियुक्त भट्टको पूँजी बजारसँग सम्बन्धीत विज्ञता र उनले अन्तर्वार्तामा व्यक्त गरेका यी तर्कसंगत विचारहरू अब नेपालको पुँजी बजार सुधारका कोसेढुङ्गा’ बन्ने निश्चित छ । बजार २६००–२७०० को विन्दुमा रहँदा उनले जे विश्लेषण गरेका थिए। सोही विन्दुमा नेप्सेसूचक रहदै गर्दा उनी नियामक निकाय अध्यक्षको पदभर ग्रहण गरेका छन् । जसले गर्दा लगानी मैत्री नीति बन्नेमा अपेक्षा गरिएको हो ।
उनको नेतृत्वले बजारलाई राष्ट्र बैंकको नियन्त्रणबाट मुक्त गर्ने, लगानीका नयाँ औजारहरू थप्ने र नेप्सेको गुणस्तर सुधार्ने छ। यसले लगानीकर्ताको गिर्दो मनोबललाई उठाउन मात्र होइन, बजारलाई एक विश्वसनीय र मर्यादित क्षेत्रका रूपमा स्थापित गर्नेछ। लगानीकर्ताहरूले अब फन्डाको सट्टा फन्डामेन्टल कम्पनीमा लगानीकर्ताको विश्वास गर्नुपर्ने वातावरण सिर्जना हुने आशा लगानीकर्ताबाट छ। पूँजी बजारको नियामक निकायको नेतृत्वमा डा.भट्टको आगमनले बजारमा संरचनागत सुधारको स्वर्ण युग सुरु हुनेमा लगानीकर्ता विश्वस्त रहेका छन्।  नव नियुक्त अध्यक्ष आफू जिम्मेवारीमा नहुदा सरकारले बजारको पर्याप्त लाभ लिन नसकेको बताउने गरेका थिए। अब उनी आफै सरकारको तर्फबाट बजारको नेतृत्व गर्दा कस्तो बनाउने हो भन्ने भविष्यमा हेर्न सकिन्छ। उनि आफै सम्बन्धीत क्षेत्रको विज्ञ भएकाले बजारमा सुधारको कामले दु्रतता लिने विश्वास गरिएको हो। 

आर्कइभ  भिडियो

 

प्रस्तुत अन्तर्वार्ता गतवर्ष मेरोलगानी शेयरगफ कार्यक्रमबाट लिइएको पुरानो आर्कइभ हो । 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।