सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउन दुई मन्त्रालयबीच सहमति

Jul 07, 2026 12:28 PM Merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत योजनामार्फत अगाडि बढाउने भएका छन्। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र कृषि मन्त्री गीता चौधरीबीच मंगलबार भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारीकरणलाई एउटै संयन्त्रमा जोड्ने विषयमा सहमति भएको हो।

छलफलका क्रममा मन्त्री श्रेष्ठले सिँचाइसँगै उन्नत बीउ, मल र प्रविधिको उचित समन्वय भए मात्र लगानीको प्रतिफल प्राप्त हुने बताए । कृषि मन्त्री चौधरीले यस प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नीति निर्माण र कार्यान्वयनमा समन्वय सुदृढ बनाउने प्रतिबद्धता जनाइन।

यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाहरू रानी–जमरा–कुलरिया, सिक्टा र बबईको स्थलगत अनुगमन  गरेका थिए। बबई सिँचाइ आयोजनाले ३६ हजार हेक्टर, रानी–जमरा–कुलरियाले ३७ हजार ८०० हेक्टर र सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेका छन्।

हाल करिब आधा निर्माण सम्पन्न भइसकेका यी आयोजनाहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि पश्चिम नेपालको कृषि उत्पादकत्व बढ्ने, खाद्य सुरक्षा सुदृढ हुने र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार सिँचाइलाई केवल पूर्वाधारमा मात्र सीमित नगरी कृषि आधुनिकीकरण र समृद्धिको आधार बनाउने लक्ष्य लिइएको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।