दुई संस्थाबीच साउन २५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ । दुवै संस्था नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनी हुन् ।
हाल काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पूँजी एक अर्ब ३४ करोड रुपैयाँ छ । उता काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तको चुक्ता पूँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
मर्जरपछि बन्ने संस्थाको पूँजीगत आधार बलियो हुने र कार्यक्षेत्र समेत विस्तार हुने विश्वास लिइएको छ । दुई संस्थाबीचको स्वाप रेसियो (शेयर मिलान अनुपात) भने विस्तृत लेखापरीक्षण रिपोर्ट आएपछि मात्र तय हुनेछ ।