प्रधानमन्त्रीद्वारा आपत्कालीन बैठक आह्वान, उद्धारमा जुट्न निर्देशन

Aug 26, 2026 10:58 AM Merolagani



भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल र उद्धारका लागि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।

बाढी प्रभावितहरूको उद्धार तथा राहतका लागि चाल्नुपर्ने कदमबारे निर्णय लिन उनले राष्ट्रिय विपद् प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा बोलाएका छन् ।

प्रधानमन्त्री शाहले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले बाढीबाट हुनसक्ने थप क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन र सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।