बाढीमा पुरिएका व्यक्तिको खोजीमा स्निफर डग परिचालन

Aug 26, 2026 01:58 PM Merolagani



रसुवाको बाढी प्रभावित क्षेत्रमा पुरिएका तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी बलले स्निफर डग र ड्रोन परिचालन गरेको छ।

सशस्त्र प्रहरीले रसुवागढी भन्सार र यार्ड क्षेत्रमा स्निफर डगसहित खोज तथा उद्धार टोली खटाएको जनाएको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा फसेका र हराइरहेका नागरिकको खोजी तथा क्षतिको मूल्यांकनका लागि ड्रोनको प्रयोग भइरहेको छ।

यस्तै, गम्भीर घाइतेको उपचारका लागि चिकित्सा टोली परिचालन गरिएको छ भने जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा समेत उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।