त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
“भदौ १२, दिउँसो १२ः३१ बजे । भोटेकोसी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,” महाशाखाले भनेको छ ।
यही भदौ १० गतेको भीषण बाढीपश्चात् तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको ताल फुटेर पानी बग्न थालेको नेपाल प्रहरीले जनाएको छ ।