ब्रिलियन्ट सेक्युरिटिजले ल्यायो वार्षिक ८% ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा, २ करोडसम्म फाइनान्सिङ पाइने

Oct 07, 2026 04:57 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्य दलाल कम्पनी ब्रिलियन्ट सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ०८) ले शेयर लगानीकर्ताहरूका लागि प्रतिस्पर्धी वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याएको छ।

कम्पनीले आफ्ना लगानीकर्ताहरूको लगानी क्षमता बढाउने, प्रविधिमैत्री सेवा तथा सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा ल्याएको जनाएको छ। यस सुविधामार्फत लगानीकर्ताहरूले आफूसँग उपलब्ध पूँजीको अधिकतम उपयोग गर्दै धितोपत्र बजारमा थप लगानी अवसरहरूको सदुपयोग गर्न सक्नेछन्।

यस्ता छन् मुख्य सर्त तथा सुविधाहरू:

  • वार्षिक ब्याजदर : ८.००% (प्रतिवर्ष)

  • मार्जिन कारोबार सीमा : न्यूनतम रु. १० लाखदेखि अधिकतम रु. २ करोडसम्म

  • ब्रोकर फाइनान्सिङ : अधिकतम ७०% सम्म

  • प्रारम्भिक मार्जिन (Initial Margin) : ३०%

  • सम्भार मार्जिन (Maintenance Margin) : २०%

  • सुविधाको समयावधि : १ देखि ३ महिनासम्म

  • सेवा शुल्क : ०.२५%

उपयोग गरिएको रकममा मात्र ब्याज लाग्ने

ब्रिलियन्ट सेक्युरिटिजका अनुसार यस सुविधाको मुख्य विशेषता भनेको स्वीकृत कुल सीमामा नभई लगानीकर्ताले वास्तवमा शेयर खरिदका लागि प्रयोग गरेको रकममा मात्र ब्याज लागु हुने पारदर्शी व्यवस्था हो। यसले गर्दा लगानीकर्तामाथि अनावश्यक ब्याजको भार पर्दैन। साथै, न्यूनतम सुरुआती पूँजीबाटै लगानीकर्ताले आफ्नो खरिद क्षमता र कारोबार सीमा बढाउन सक्नेछन्।

यो सुविधा नेपाल धितोपत्र बोर्ड (SEBON) तथा नेप्सेको प्रचलित नियम, नियामकीय व्यवस्था र स्वीकृत सीमाभित्र रही सञ्चालन हुने कम्पनीले जनाएको छ। मार्जिन कारोबारमा बजार जोखिम समेत अन्तरनिहित रहने भएकाले लगानीकर्ताहरूले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखेर मात्र निर्णय गर्न समेत कम्पनीले अनुरोध गरेको छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।