सेयर प्रमाणपत्र सिरानी हालेर सुत्ने दिन गए, अब के गर्ने ?

Oct 31, 2017 Merolagani

अब भने लगानीकर्ताको कमजोरीका कारण नै कतिपयले बैंक खातामा नगद लाभांस अनि डिम्याट खातामा बोनस तथा हकप्रद नपाउने अवस्था देखिन थालेको छ । लगानीकर्ताले डिम्याट खाता अनिवार्य रुपमा सञ्चालन गरेर सबै सेयर डिम्याट गराए पटक पटक लाभांस अनि बोनस संकलन गर्न दौडनु पर्ने झण्झटबाट छुटकारा पाउने भएका छन् । तर पुरातन शैलीमा बसिरहेको खण्डमा लाइनमा बसेर नै बोनस अनि लाभांस संकलन गर्छु भन्ने दिन सकिएका छन् ।

यस अघि प्रत्येक पटक लाभांस बितरण गर्ने समयमा सुचिकृत कम्पनीहरुले सूचना निकाल्ने गरेका थिए । यति मात्र नभई कागजी प्रमाणपत्र धारण गरेका लगानीकर्ताका लागि बोनस सेयर पनि कागजी बनाउनु पर्ने अवस्था थियो ।

यहि अवस्थालाई मध्यनजर गर्दै नबिल बैंकले आफ्ना लगानीकर्ताहरुलाई भौतिक रुपमा बोनस तथा लाभांस पूर्जा बितरण नगर्ने भन्दै कडा सूचना प्रवाह गरेको छ ।

बैंकले भौतिक सेयर भएका लगानीकर्तालाई अनिवार्य रुपमा डिम्याट खाता सञ्चालन गरी सेयर अभौतिक गराउन आग्रह गरेको छ । सेयरधनीले कागजी सेयर प्रमाणपत्र अभौतिक नबनाएसम्म लगानीकर्ताको हातमा बोनस सेयर नपर्ने निश्चित भएको छ । बैंकले गत आर्थिक वर्षमा ३० प्रतिशत बोनस बितरण गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यसै गरी बैंकले नगद लाभांस पनि भौतिक रुपमा बितरण नगर्ने भएको छ । बैंकले अभौतिक सेयर हुनेहरुलाई आफ्नो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्टमा बैंक खाता उपलब्ध गराउन भनेको छ । अभौतिक सेयर भएका लगानीकर्तालाई बैंकले आफ्नो डिम्याट खातामा नेपाल क्लियरिंग हाउसको सदस्य रहेको बैंकमा रहेको सक्रिय खाता नम्बर अद्यावधिक गराउन भनेको छ । लगानीकर्ताले यसरी विबरण अद्यावधिक नगराएसम्म नगद लाभांस प्राप्त गर्न नसक्ने बैंकले सूचना मार्फत प्रष्ट पारेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बोनस सेयर सहित १८ प्रतिशत नगद लाभांस बितरण गरेको थियो ।

बैंकका अनुसार अभौतिक सेयर धारण गरी बैंक खाताको पर्याप्त विबरण उपलब्ध गराएका सेयरधनीको खातामा लाभांस रकमान्तर गरिसकिएको जनाएको छ । बोनस सेयरको हकमा भने नेप्सेमा सेयर सूचिकरण भए पश्चात सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

अझै पनि केही कम्पनीहरुले यो व्यवस्थालाई अनिवार्य गर्न सक्ने अवस्था छैन । तर अब अनिवार्य नगरी पनि सुख नहुनेभएकाले सबै संस्थाहरुले यस्तै कडा सूचना प्रवाह गर्ने पक्का छ । तसर्थ लगानीकर्ताहरुले अनिवार्य रुपमा सबै कागजी सेयर डिम्याट गराउनु उचित हुन्छ । यसले हुने फाइदा पनि स्वयं लगानीकर्तालाई नै हो ।

गत आर्थिक वर्षको कमाईबाट सबै सुचिकृत कम्पनीहरुले धमाधम बोनस तथा नगद लाभांस बितरण गरिरहेका छन् । अत केन्द्रीय निक्षेप प्रणालीमा निक्षेप सदस्य रहेका ५ दर्जन वित्तीय संस्थाहरु मध्ये कुनै एकमा गएर डिम्याट खाता खोल्न अनि सेयर डिम्याट गराउन सकिने व्यहोरा मेरोलगानी परिवार पनि आग्रह गर्दछ । यहाँ गएर निक्षेप सदस्यहरुको सूची हेर्न सकिन्छ । सूचीमा भएका बैंकको कुनै पनि शाखाबाट यस्तो सुविधा लिन सकिन्छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।