नेप्सेले लगानीकर्ताको विश्वास तोड्यो : इन्भेष्टर्स फोरम

Nov 08, 2017 Merolagani



नेपाल इन्भेष्टर्स फोरमले अनलाइन ट्रेडिङ प्रणालीको कार्यन्वयन पुर्वनिर्धारित समयमा नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको ध्यानाकर्षण गराएको छ । फोरमले पूँजी बजारको मुख्य संयन्त्रले नै पहिले तय गरेको योजना कार्यान्वायन नगरी लगानीकर्ताको विश्वासमा आघात पुर्याएको बताएको छ ।

मंगलबार नेप्सेले पत्रकार सम्मेलन गरी पुर्व निर्धारित समयमा अनलाईन कारोबारको परीक्षण सुरु गर्न नसकिएको बताएको थियो । यस लगत्तै फोरमले विज्ञप्ति जारी गर्दै कात्तिक २१ देखि अनलाइन ट्रेडिङ संचालनमा ल्याउने भनी गरिएको निर्णय कार्यान्वयन नहुँदा आम लगानीकर्ताको विश्वासमाथि गम्भीर चोट पुगेको  बताएको छ ।

'पूर्व घोषित मिति बमोजिम नियमनकारी निकायहरूको निर्णय कार्यन्वयन नहुने हो भने यसले पुँजी बजार विकास र विस्तारमा बाधा पर्ने देखिएको हुँदा सीघ्र अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउन जोडदार माग गर्दछौं ।' फोरमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डले हकप्रद शेयरको आवेदनमा आस्वा प्रणाली अवलम्बन गर्ने भनी गरिएको निर्णयको फोरमले स्वागत गरेको छ । सेयर लिलामीको आवेदन राजधानी बाहिरका शहरहरुबाट पनि संकलन गर्ने बोर्डको निर्णयप्रति फोरमले आभार प्रकट गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यस्तै धितोपत्र दलाल व्यवसायीहरू मार्फत लगानीकर्ताहरूमा मार्जिन कारोबारको सुबिधा उपलब्ध गराउने तथा नेप्सेले उपसमुह अलग गराउने कामको भने फोरमले सरहाना गरेको छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।